मेलुङका ७५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी « Khabarhub

मेलुङका ७५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोलखा – मेलुङ गाउँपालिकाको ७५ प्रतिशत बस्तीमा खानेपानी पहुँच पुगेको छ । गाउँपालिका अध्यक्ष हिराकुमार थोकर अनुसार पालिकाले खानेपानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

बाँकी २५ प्रतिशत जनतालाई पनि स्वच्छ पानी पुर्याउने कार्य भैरहेको अध्यक्ष थोकरले बताए। पालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ ।

गाउँपालिकाले चालु वर्षमा पालिकाभित्र सानाठूला गरि खानेपानीका ५० वटा योजना वितरण गरेको थियो। जसमा ३० वटा खानेपानी ट्यांकी,२९ वटा इन्टेक ५७.१५५ किलोमीटर खानेपानी पाइपलाइन विस्तार तथा दुई सय ९६ वटा धारा निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालले बताए।

स्वच्छ खानेपानी वितरणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ३८ लाख ५० हजार विनियोजन गरेको थियो ।पालिकाको मुख्य प्राथमिकतामा रहेको सडक योजनापछि दोस्रोमा खानेपानीलाई राखेर काम गरिरहेको र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा पनि खानेपानीलाई उच्च प्राथमिकतामा राख्ने गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।

केही वर्ष अघिसम्म खानेपानीको समस्या लिएर सदरमुकाम पुग्ने स्थानीय अहिले घरमै धारा सहितको स्वच्छ पानी आएपछि स्थानीय दङ्ग छन्।मेलुङकि स्थानीय मनमाया कार्की भन्छिन्, ‘पहिले दुईघण्टा हिडेर खानेपानी लिन जानुपर्ने बाध्यता थियो तर अहिले गाउँपालिकाले घर आगनमै धारा सहितको पानी ल्याइदिएको छ ।’

खानेपानीको जोहोका लागि पहिले कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ९ : २८ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई