मेलुङका ७५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी « Khabarhub

मेलुङका ७५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोलखा – मेलुङ गाउँपालिकाको ७५ प्रतिशत बस्तीमा खानेपानी पहुँच पुगेको छ । गाउँपालिका अध्यक्ष हिराकुमार थोकर अनुसार पालिकाले खानेपानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

बाँकी २५ प्रतिशत जनतालाई पनि स्वच्छ पानी पुर्याउने कार्य भैरहेको अध्यक्ष थोकरले बताए। पालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ ।

गाउँपालिकाले चालु वर्षमा पालिकाभित्र सानाठूला गरि खानेपानीका ५० वटा योजना वितरण गरेको थियो। जसमा ३० वटा खानेपानी ट्यांकी,२९ वटा इन्टेक ५७.१५५ किलोमीटर खानेपानी पाइपलाइन विस्तार तथा दुई सय ९६ वटा धारा निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालले बताए।

स्वच्छ खानेपानी वितरणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ३८ लाख ५० हजार विनियोजन गरेको थियो ।पालिकाको मुख्य प्राथमिकतामा रहेको सडक योजनापछि दोस्रोमा खानेपानीलाई राखेर काम गरिरहेको र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा पनि खानेपानीलाई उच्च प्राथमिकतामा राख्ने गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।

केही वर्ष अघिसम्म खानेपानीको समस्या लिएर सदरमुकाम पुग्ने स्थानीय अहिले घरमै धारा सहितको स्वच्छ पानी आएपछि स्थानीय दङ्ग छन्।मेलुङकि स्थानीय मनमाया कार्की भन्छिन्, ‘पहिले दुईघण्टा हिडेर खानेपानी लिन जानुपर्ने बाध्यता थियो तर अहिले गाउँपालिकाले घर आगनमै धारा सहितको पानी ल्याइदिएको छ ।’

खानेपानीको जोहोका लागि पहिले कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ९ : २८ बजे

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भोजपुरको पौवादुङमाका ५२५ परिवारले पाए जस्तापाताको छानो

भोजपुर– नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५