यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न आग्रह « Khabarhub

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न आग्रह


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई नागरिकको जीवन, सुरक्षा र मानवीय मर्यादाको सम्मान गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले शुक्रबार यमनका विभिन्न क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र, हवाई आक्रमण तथा गोलाबारीका घटनाबाट सर्वसाधारण प्रभावित भइरहेको बताएका छन् ।

उनका अनुसार अस्पताल, बजार तथा सर्वसाधारणका घरजस्ता सुरक्षित मानिएका स्थानसमेत आक्रमणबाट प्रभावित भइरहेका छन् । यस्ता घटनामा बालबालिकासहित सर्वसाधारणको ज्यान जानुका साथै धेरै घाइते भएका छन् ।

हकले द्वन्द्वका क्रममा सर्वसाधारणले भोग्नुपरेको मानवीय पीडाप्रति ध्यानाकर्षण गराउँदै यस्ता घटनालाई सामान्य अवस्थाका रूपमा लिन नहुने बताए। उनले द्वन्द्वमा संलग्न सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन तथा मानवीय दायित्वको सम्मान गर्न र नागरिकको सुरक्षाका लागि सम्भव भएसम्म आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

साथै, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनका घटनामा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसैबीच, संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले हुथी नियन्त्रणमा रहेका बेला मृत्यु भएका राष्ट्रसंघीय कर्मचारी मोहम्मद इब्राहिम अल–शामीको शव परिवारलाई यथाशीघ्र बुझाउन आग्रह गरे।

उनले अल–शामीको मृत्युको मिति, कारण र परिस्थितिबारे आवश्यक छानबिन गर्न तथा जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन हुथी अधिकारीहरूसँग आग्रह गरे।

हुथी नियन्त्रणमा रहेका करिब ७० जना राष्ट्रसंघीय कर्मचारीमध्ये अल–शामी पनि एक थिए । राष्ट्रसंघले हिरासतमा रहेका सबै कर्मचारी तथा मानवीय सहायता क्षेत्रमा कार्यरत व्यक्तिलाई तत्काल र बिनासर्त रिहा गर्नसमेत आग्रह गरेको छ ।
 

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : ३६ बजे

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न आग्रह

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन– प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर

कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच सांसद टर्कीए जाँदै

काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र

छठमा उखुको विशेष महत्व, माग बढ्यो

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक