स्रोतमै फोहर वर्गीकरण गर्न काठमाडौं महानगरको आग्रह « Khabarhub

स्रोतमै फोहर वर्गीकरण गर्न काठमाडौं महानगरको आग्रह


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । 

उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।      

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित सबै फोहर अन्तिम व्यवस्थापन स्थानमा लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ । त्यसैले यसको प्रयोग लामो समयसम्म गर्नका लागि वर्गीकरण गरिएको फोहर मात्र लानुपर्छ ।’  

स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यास कामपाको ३२ वडा मध्ये केही वडामा सुरु भइसकेको छ । साथै कामनपाले अन्य वडामा पनि थालनी गर्न आग्रह गरिसकेको छ ।  

काठमाडौँ उपत्यकाबाट हरेक दिन एक हजार दुई सय मेट्रिक टन फोहर बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । 

‘भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ’, विभागका प्रमुख श्रेष्ठले भने । 

तरकारी, बढी भएको खानेकुरा, माछा मासु, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् । त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, नकुहिने फोहर हुन् । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  २ : ०० बजे

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ