बस र तेल बोकेको ट्यांकर ठोक्किँदा १५ जना घाइते « Khabarhub

बस र तेल बोकेको ट्यांकर ठोक्किँदा १५ जना घाइते


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्यांकर ठोक्किँदा १५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नंको पेट्रोल बोकेको ट्यांकरको पछाडि  ठोक्किँदा  बसमा सवार १५ यात्री घाइते भएका हुन् ।  

घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल,  चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए। घाइतेमध्ये एकजना गम्भीर  र अन्यको अवस्था मध्यम रहेको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : ५४ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार