गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार « Khabarhub

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गाजा – इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।

हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

“हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली)ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रूणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,” ती सर्जन हुसेनले एएफपीसँग भने ।

अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ ।शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ ।

मध्य गाजास्थित नुसिरात शरणार्थी शिविरमा इजरायली क्षेप्यास्त्र प्रहारबाट कुर्दसहित तीन महिला र एक बालकको मृत्यु भएको अल अवदा अस्पतालका एक मेडिकल अधिकारीले जानकारी दिनुभएको छ । उहाँको घरमा भएको आक्रमणमा मृत महिलाका पति पनि घाइते भएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

इजरायलले आक्रमण र व्यक्तिगत क्षतिबारे पुष्टि गरेको छैन तर सेनाले जारी गरेको विज्ञप्तिमा मध्य गाजामा रहेका आतङ्कवादी संरचनास्थलमा सेनाले लक्षित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि हमासमाथि दबाब बढाउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिएको आदेशअनुसार इजरायलले उक्त क्षेत्रका विभिन्न भागमा आक्रमण तीव्र पारेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ८ : २८ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको