प्राकृतिक विपद्ः जेठ २८ यता १९३ जनाको मृत्यु « Khabarhub

प्राकृतिक विपद्ः जेठ २८ यता १९३ जनाको मृत्यु


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम्‌ प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४१ जना घाइते भएका छन् ।

बाढी, पहिरोका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चििम प्रदेशमा पाँच गरी एक सय १४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना वेपत्ता भएका छन् ।’

बाढीको कारण आज दिउँसोसम्म जम्मा ३८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । विपद्मा परी ८७० वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ८४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ९ : ४५ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर