मलिका गाउँले किशोरी ‘सतीदेवी’ भएर बाँच्दा ! | Khabarhub Khabarhub

मलिका गाउँले किशोरी ‘सतीदेवी’ भएर बाँच्दा !


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलिका महतले म्युजिक भिडियोको स्थापित नाम हो । तीन दर्शनभन्दा बढी म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन्, ती मध्ये कयौं मिलियन क्लबमा सहभागी छन्।

यता, ‘सतीदेवी’ उनको चौथो फिल्म हो । यस फिल्ममा उनले ग्रामीण भेगकी १९ वर्षीया ‘सतीदेवी अधिकारी’को भूमिका छिन् । सतीदेवीले भोगेको लैङ्कि विभेदको कथामा फिल्म बनेको प्रचार समाग्रीबाट बुझ्न सकिन्छ ।

ठूलो पर्दामा स्थान खोजिरहेकी मलिकालाई यो फिल्म उपयुक्त अवसर हो । केन्द्रीय भूमिकामा रहेर अभिनय क्षमता देखाउने अवसर उनले यस फिल्ममार्फत् पाएकी छन् । सदुपयोग गर्न उनी कति सफल हुन्छिन् ? यसको जवाफ भदौ ७ गते फिल्म प्रदर्शन भएपछि भेन्टिन्छ ।

मलिका शीर्ष पात्र मात्रै नभएर उनी फिल्मको एकल ‘स्टार’ पनि हुन् । यस अर्थमा फिल्म सफल र असफलको श्रेय उनकै नामले पाउँछ प्रचारमा जुट्दा उनलाई यसको महसुस भएको छ ।

भन्छिन्, ‘सुरुवाती दिनमा यो कुरा चाहिँ मेरो दिमाखमा आएको थिएन । सतीदेवी अधिकारीको भूमिका निर्वाह गर्न पाउँछु भन्ने कुरामा नै हराएको थिएँ । अहो ! यति राम्रो स्क्रिप्ट पाएको छु, यति राम्रो भूमिका निर्वाह गर्न अवसर पाएको छु भन्नेमै हराएको थिएँ म ।’

‘सतीदेवी’ बन्न च्यालेन्ज
मलिका काठमाडौं सहरमै जन्मे/हुर्केकी हुन् । ‘सतीदेवी अधिकारी’ले जस्तो घाँस-दाउरा, चुलाचौका गर्ने ग्रामीण जीवनशैली र लैङ्गिक विभेद मलिकाले व्यक्तिगतरुपमा भोग्नु परेको थिएन । ट्रेलरअनुसार सतीदेवीको हातमा भर्खरै मोवाइल परेको छ ।

अर्थात्, सतीदेवी र मलिकाको जीवनशैली विलकुलै भिन्न छ । स्क्रिप्ट हात परेपछि नै क्यामेरा अगाडि आफू ‘सतीदेवी’ भएर बाच्न चुनौती विषय हो भन्ने उनलाई महसुस भएको रे ! त्यही चुनौती हाबी हुदाँ अन्य पक्ष सोच्न नभ्याएको उनको तर्क छ ।

भन्छिन्, ‘चुनौती स्वीकार गर्नुपर्छ भनेर मैले फिल्म लिएको हो । यति पूर्ण स्क्रिप्ट मेरो हातमा थियो कि- कुन जनरा, कुन प्याट्रन, को सहकर्मी ? अन्य विषयमा ध्यानै गएन ।’

यद्यपि, स्क्रिप्ट अध्ययन र चरित्र निर्माणको गृहकार्यले छायांकनमा निस्कदासम्म सतीदेवीको आत्मासँग जोडिसकेको मलिका अनुभव सुनाउँछिन् ।

‘सतीदेवीसँग सम्बन्धित गीतहरु सुन्थेँ । हरेक संवाद केर्साकेर्सा गरी पढेँ । संवादअनुसार सतीदेवीको भावनाहरु नोट गर्दा एक नोट बुक भरिएको थियो,’ उनी भन्छिन्, ‘छायांकनमा निस्कदाँ अब म क्यामेरा अगाडि सतीदेवी अधिकारी भएर बाँच्न मात्र बाँकी जस्तो लागेको थियो ।’

सतीदेवीको ग्रामीण जीवनशैली महसुस गर्न सकेकै कारण चरित्रका लागि चाहिने कपडा आफैँ किनेको उनी बताउँछिन् । ‘सुटिङको दुई दिन अगाडि म न्युरोड गएर सतीदेवी बन्न चाहिने कपडा आफैँले किनेँ,’ उनी भन्छिन्, ‘त्यही तीन जोर कपडा लगाएर सुटिङ गरेकी हुँ ।’

सतीदेवीलाई अर्गानिकरुपमा प्रस्तुत गर्नका लागि उनले छायांकनस्थलमा नाकसमेत छेडेकी थिइन् ।

‘मैले नाक छेडेको थिएन । सतीदेवीको भूमिकाका लाथि नथी लगाउनुपर्ने भयो । निर्देशकले नथी टाँस्ने विकल्प पनि दिनुभएको थियो,’ उनी भन्छिन्, ‘हरेक कुरा प्राकृतिक होस् भनेर मैले नाक छेडेँ ।’

निर्देशक सुवेदी भन्छन्- मिहिनेत गर्ने नायिका

मलिकाले यसअघि ग्रामीण किशोरीको भूमिका निर्वाह गरेकी थिइनन् । मलिकालाई ‘सतीदेवी अधिकारी’को जस्तो विलकुलै फरक भूमिकामा पर्दामा उतार्नु लेखक एवं निर्देशक लक्ष्मण सुवेदीका लागि पनि चुनौतीको विषय थियो ।

यद्यपि मलिका मिहिनेत कारण छायांकनस्थलमा आफूले चुनौती खेप्नुपरेको महसुस भएन । भन्छन्, ‘भूमिका त फरक थियो । चुनौतीपूर्ण क्यारेक्टर थियो । तर छायांकनको दौरान मलाई लागेको थियो कि- स्थान दिने हो भने मिहिनेत र क्षमता देखाउन सक्ने नायिका रहेछ ।’

छायांकन स्थलमा नाक छेडेपछि चरित्रमा मलिकाको गम्भीर्यताप्रति आफू प्रष्ट भएको उनी स्मरण गर्छन् । भन्छन्, ‘मैले नाक छेड्नुपर्छ भनेको थिइनँ । टाँस्ने विकल्प नि थियो । उनले नाक छेड्ने निर्णय लिइन् । छेडेको घाउ पाक्दा पनि उनले काम गरिन् ।’

क्यामेरा अगाडि मलिका प्रतिबिम्ब नहुनु नै उनलाई मिहिनेती साबित गर्ने पक्ष रहेको सुवेदी बताउँछन् । भन्छन्, ‘संवाद शैलीमा चाहिँ मैले केही बोल्नुपर्‍यो । नत्र छायांकनमा मैले तिमी सतीदेवी होइन मलिका देखियौं भन्नुपरेन ।’

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ८ : ०० बजे

नक्कली नोटसहित एक जना पक्राउ

पर्सा- वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७

करेन्ट लागेर जलेश्वरमा एक जनाको मृत्यु

जलेश्वर– गौशालानगरपालिका– ३ पचाईन टोलमा करेन्ट लागेर एक जना किशोरीको

विपद् न्यूनीकरण समिति बैठक : सात प्रस्तावमाथि छलफल जारी 

काठमाडौं– गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,

अर्थ मन्त्रालयमा विष्णु पौडेलका तीन महिना, के के गरे ?

काठमाडौं– अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन