मलेसियामा बुवा बितेको तीन महिनामै दक्षिण कोरियामा छोरीको निधन « Khabarhub

मलेसियामा बुवा बितेको तीन महिनामै दक्षिण कोरियामा छोरीको निधन


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको एउटा परिवारले तीन महिनाबीचमा दुईवटा बज्रपात खेप्नु परेको छ । संयोग पनि कस्तो भने तीन महिनाबीचमा बाबुछोरी दुवैजनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

दक्षिण कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत इलामको माई नगरपालिका–१ की २० वर्षीया सोनु श्रेष्ठको निधन भएको छ । उनका बुवा लीललाकुमार श्रेष्ठले गत जेठमा मात्रै मलेसियामा कामको शिलशिलमा ज्यान गुमाए थिए ।

अध्ययनका लागि गत फेब्रुअरीमा दक्षिण कोरिया पुगेकी सोनुको निधन भएको पुष्टि इलाम-कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले गरेका छन् । तर उनले सोनुको निधनको कारण खुलिनसकेको बताएका छन् ।

सोनुले कोरियामै प्राण त्यागेको खबर खनालमार्फत परिवारकहाँ पुगिसकेको छ । सोनु विद्यार्थी भिसा (डी२)मा पढ्नका लागि कोरिया पुगेकी थिइन् ।

सोनुको शव नेपाल पठाउन पहल गरिरहेको अध्यक्ष खनालले बताएका छन् । दु:खद संयोग कस्तो भने सोनुहरूकै भविष्य निर्माणका लागि केही वर्षअघि विदेशिएका बुवा लीलाकुमारले मलेसियामा प्राण त्यागेका थिए ।

खनालका अनुसार सोनुको शवको सोमबार पोस्टमार्टम गरिएको छ । उनका अनुसार पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन।

‘शव नेपाल पठाउने प्रक्रिया पूरामा छौँ,’ खनालले भने, ‘धेरै ठूलो खर्च लाग्ने अवस्था देखियो । १२ लाख रुपैयाँ लाग्ने भएपछि जुटाउन सक्रिय भएका छौँ ।’

बुवा र सोनु बितेपछि श्रेष्ठ परिवारको विचल्ली हुने अवस्था अवस्था आएको छ । यो परिवारमा अब सोनुकी आमा, भाइ र बहीनी मात्रै छन्। सोनुकी दिदी बिहे गरेर गइसकेकी छन् । बिहे गरेर गएकी दिदी र भिनाजु पनि कोरियामा रोजगाररत छन्।

सोनुलाई पढाएका भगवती सिद्ध प्राविका शिक्षक छत्र श्रेष्ठ उनी पढाईमा अब्बल भएको स्मरण गरेका छन् । ‘हामीले पढाएकी नानी सानैदेखि अब्बल थिइन्’, उनले भनेका छन्, ‘एउटी क्षमतावान विद्यार्थीलाई अल्पायुमै गुमाउनुपर्दा हामी स्तब्ध भएका छौँ ।’

सोनुकी आमा गाउँमै खेती गरेर जीविकोपार्जन गरिरहेकी छन् । सोनुका भाइ कक्षा ७ र बहिनी कक्षा १२ मा पढिरहेका छन् ।

छोटो समयबीचमा लीला र सोनु बितेपछि माई-१ स्थित उनीहरूको गाउँ शोकमग्न छ । परिवारमा रुवाबासी चलेको छ ।

सोनुको शव नेपाल पठाउनका लागि अहिले नेपाली विद्यार्थी समाज कोरियाको बैंक एकाउन्टमा चन्दा संकलन थालिएको छ। माई नगरपालिका-१ का अध्यक्ष रामबहादुर राईले सोनुको शव ल्याउने विषयमा दक्षिण कोरियास्थित इलाम समाजका सदस्यहरूसँग कुरा भइरहेको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ३ : ४२ बजे

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन्

सोबिताले गरिन् मतदान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा