लमजुङमा थपिए दुई सय १८ उद्योग « Khabarhub

लमजुङमा थपिए दुई सय १८ उद्योग


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०-८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिए । 

उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् । एक सय ७६ वाणिज्य दर्ता भएको छ भने, पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन् । अघिल्लो आव २०७९-८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा उद्योग दर्ता कम भएको हो । 

सोही आवमा दुई सय आठ वाणिज्य दर्ता भएका थिए भने पाँच सय १८ वटाको नवीकरण भएका थिए । आव २०७८-७९ को साउनदेखि असार सम्म छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । उक्त अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएको थियो । 

बेँसीसहर, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसलको सङ्ख्या वृद्धि भइरहेका रहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फार्म,  सिलाइकटाई, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरिपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : ०१ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये