नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल « Khabarhub

नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक र राज्य नजोडिँदासम्म लोकतन्त्र सफल हुन नसक्ने बताएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘जबसम्म नागरिक र राज्य जोडिँदैनन्, तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, महासचिव पोखरेलले भने, ‘कुनै पनि देश सफल हुन राज्य र नागरिकबीचको सम्बन्ध पनि राम्रो हुन जरुरी छ ।’

उनले नेपाली समाजमा राज्य र नागरिक जोडिन नसकेको पनि बताए । ‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन,’ पोखरेलले भने, ‘जसले चर्को स्वर गर्छ, उसका पछि जनताहरू झुम्मिने अवस्था छ । यसले समाजलाई सही दिशा दिँदैन ।’

महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको पनि बताए ।

विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल आवश्यक रहेकाले कांग्रेस र एमालेबीच सहकार्य र सहमति गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : ३४ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको