गण्डकीमा ९८ प्रतिशत रोपाइँ  « Khabarhub

गण्डकीमा ९८ प्रतिशत रोपाइँ 


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७ दशमलव ७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार नौ सय २२ हेक्टरमा रोपाइँ भइसकेको छ । 

म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४ दशमलव ३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। 

कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उनको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । 

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । 

गतवर्ष ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । 

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । 

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।

 गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : २४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण