आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २० तारिख। तृतीया श्राद्ध। आश्मिन कृष्ण पक्षको तृतीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मनमा परोपकारको भावना आउने छ। सामाजिक सेवा गर्ने योग छ। तपाईंले गरेको श्रमको क्षेत्रबाट राम्रो फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। रोगमुक्त हुने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।

वृष : बोलीमा मोहनी भएकाले थोरै र अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ। राजनीतिक संगठनको सहयोगमा गरेको कामको प्रतिफल राम्रो हुनेछ। सामाजिक क्षेत्रमा आकर्षण बढ्नेछ।

मिथुन : विचार र बोली सकारात्मक बन्नेछ। बोलीमा नम्रता, विचारमा स्पष्टता र व्यवहारमा दुरदर्शीता रहनेछ। अध्ययनको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

कर्कट : रोगको पञ्जाबाट छुटकारा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राहत मिल्नेछ। अष्टम भावमा शनिदेव रहेकाले सानो कुराले मन पोल्नसक्छ। पितृको सम्मान गरेमा सबै कुरा राम्रो बन्नेछ।

सिंह : मन प्रशन्न रहनेछ। रोकिएका काम बन्नेछन्। लगानीका क्षेत्रमध्ये हार्डवयरको बजारमा गरेको लगानी र व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्दा नाफा हुनेछ। राजनीतिक संगठनबाट साथ मिल्नेछ।

कन्या : महत्त्वकांक्षी कामबाट पश्चाताप बढ्नेछ। धर्ममा आस्था राखेको भए शन्त व्यक्तिको संगत हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। शन्तसँगको संगतले सोचेका काम बन्नेछ।

तुला : सांगठानिक क्षेत्रमा आक्रमण हुनेछ। प्रतिभाको सम्मान हुनेछ। संस्थागत काममा रुचि बढ्नेछ। सामाजिक संस्थाबाट प्रशंसा मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : खानपानमा ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। महत्त्वकांक्षी विचारधारा रहेकाले आफन्त टाढा हुनेछन्। धर्म र संस्कारमा सहभागी हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। अप्ठेरो अवस्थामा बन्धुको साथ मिल्नेछ। पारिवारिक प्रेममा धोका हुने भएकाले कर्तव्यमा जिम्मेवार बन्नु राम्रो हुनेछ।

मकर : सञ्चित धन खर्च हुने जोखिम छ। तपाईंले गरेका लगानीका प्रयासमध्ये शिक्षा र स्वास्थ्यमा राम्रो फाइदा हुनेछ। न्यायको पर्खाइमा भए तपाईंको पक्षमा न्याय हुनेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पन्छीलाई दाना दिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : तपाईंका कारणले दाजुभाइले फाइदा लिनेछन्। अल्छीपनले शिक्षामा अवरोध हुनसक्छ। पर्ख र हेरको अवस्थाले निर्णय क्षमता कमजोर बन्नेछ। मध्य साढेसातीको कारण मन अशान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मीन : धन कमाउने दिन छ। प्राविधिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ। आज समाजको महत्त्वपपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। बजारको खानपानले रोग बढ्ने भएकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ५८ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले