लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । 

व्युरोले शुक्रबार काठमाडौंमा सम्मेलन गर्दै ब्युरोले १ लाख ८० हजार ४ सय ३० ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लागूऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

भाद्र १८ गते उदयपुर घर भइ माकलबारी भर भएका बहादुर राईलाई ९ सय क्याप्सुल सहित पक्राउ गरिएको थियो । उनीमाथि थप अनुसन्धान गर्दा उनको कोठाबाट थप ३३ हजार ६ सय क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै भाद्र १९ गते सर्लाही घर भएका विपिन कुमार महतोलाई काठमाडौं मनोहरास्थीत बाबाचोकबाट ५३ हजार ९ सय ट्रमाडोल र ८ सय ९२ नाइट्राजेपाम सहित पक्राउ गरिएको थियो ।

त्यस्तै भाद्र ३१ गते पर्वत घर भइ काठमाडौं मित्रनगर बस्ने बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कबाट ९ हजार ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिए।

उक्त लागू औषध सम्झना रोक्काबाट खरिदबिक्रि गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि रोक्कालाई निजकै घरबाट ८३ हजार ट्रमाडोल तथा २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको आचार्यले बताए ।

रोक्काले उक्त लागूऔषध बिक्रीबितरण गर्ने मुख्य व्यक्ति बारा घर भएका एक व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले असोज २ गते बारा घर भएका प्रदीप सर्राफलाई टोखाबाट ट्रमाडोल ३० क्याप्सुल सहित पक्राउ गरेको छ ।

निजको कारोवारमा सहयोग गर्ने डल्लु घर भएका मन मोहन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप सर्राफले विगत ४ वर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोबार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन