कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन् « Khabarhub

कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन्


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-५ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सम्बन्धित अर्को गम्भीर बयान दिएका छन् ।

धनराजसँग सम्बन्धविच्छेद गरिसकेकी भनिएकी ज्योति गुरुङले मितेरी सहकारीबाट निकालेको १२ करोड ५० लाख रुपैयाँ बिटक्वाइनमा लगानी गरेको उनले बयानमा बताएका छन् ।

सहकारीबाट झिकेको पैसा बिटक्वाइनमा लगानी गर्न ज्योतिले हङकङ पठाएको जानकारी पाएको उनले बयानमा दिएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सन्दर्भमा संसदीय छानविन विशेष समितिलाई दिएको बयानमा ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेको अध्यक्ष गुरुङले बताएका छन् ।

ज्योतिले उक्त पैसा बैंककमा बस्ने कास्कीका ज्योतिबहादुर भण्डारीमार्फत बिटक्वाइनमा लगानीका लागि हङकङ पठाएकी कुम्भराजले उल्लेख गरेका छन् ।

सहकारी ठगीमै मुछिएका ज्योतिबहादुर भण्डारीले टेलिफोन गरी ज्योति गुरुङको पैसा म तिर्छु, ऊसँग नमाग्नुसमेत भनेको जानकारी कुम्भराजले बयानमा बयानमा दिएका छन् ।

ज्योति गुरुङले अपचलन रकम फिर्ता गराउन सक्दा सहकारी सामान्य अवस्थामा फर्किने पनि कुम्भराजले बताएका छन् ।

‘ज्योतिबाट अपचलन भएको रकम फिर्ता गर्न सकिए समस्या समाधान गर्न सकिन्छ । संस्था सञ्चालक समितिका ९ सदस्यसहित धनराज गुरुङ र उहाँकी पत्नी ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिवद्धता जनाउनु भएको थियो । तर, प्रतिबद्धता पूरा भएन । अहिले ज्योति गुरुङ कहाँ हुनुहुन्छ ? मलाई थाहा छैन’, उनले भनेका छन् ।

ज्योति गुरुङ मितेरी सहकारीकी पूर्वप्रबन्ध निर्देशक हुन् । उक्त पदमा रहँदा उनले करोडौँ रकम दुरुपयोग गरेको खुलेको छ । त्यही विषय मिलाउन धनराज र ज्योतिबीच कागजी डिभोर्स भएको आरोप छ । यता धनराजले आफ्नो नाममा निकालेको ९१ लाख भने गत वैशाख र जेठमा मितेरी सहकारीमा फर्काइसकेका छन् ।

यो पनि-
धनराजले सहकारीको ९१ लाख ऋण तिरेको खुलासा

धनराजको दुखेसो : ९१ लाख तिरें, तैपनि कुम्भराजले दुःख दिए 

मितेरी सहकारीमा संसदीय समिति, कुम्भराजको दाबी : ‘डिभोर्स’ कागजी, ज्योतिको ऋण धनराजले तिर्दैछन् 

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’ 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ४१ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन