रवि लामिछानेलाई आज कास्की अदालतमा पेस गरिँदै « Khabarhub

रवि लामिछानेलाई आज कास्की अदालतमा पेस गरिँदै


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालतमा पेश गरिनेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएकाे थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने प्रहरीको तयारी छ ।

लामिछाने विरुद्ध परेको उजुरीका आधारमा प्रहरीले उनलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ।

पोखराको सूर्यदर्शनसहित सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : १५ बजे

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको

वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडानम्बर-६ का कृषकलाई हाते ट्याक्टर वितरण