हार्मोनियमको पेच कस्दा कस्दै | Khabarhub Khabarhub

हार्मोनियमको पेच कस्दा कस्दै


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसले कुनै पनि काममा लगन र साधना गरिरह्यो भने एकदिन सफलताको शिखर चुम्न सक्छ । हामोर्नियमको मर्मत गर्ने विमल साहले एकदिन राम्रो हार्मोनियम बादकका रुपमा ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा आफ्नो नाम लेखाइएला भन्ने सोचेकै थिएनन् ।

विमल साह ०४६ सालमा सर्लाहीको श्रीनगरमा सामान्य परिवारमा जन्मिएका हुन् । काम खोज्दै उनी ०७२ सालमा काठमाडौं आए ।

विमलले सुरुमा पशुपति क्षेत्रमा हार्मोनियम सफा गर्ने काम गरे । उनले त्यसबेला उनी हार्मोनियम सफा गर्थे । खुकुलिएका पेचहरु कस्थे ।
हार्मोनियमको सामान्य काम गर्दागर्दै उनले हार्मोनियम बजाउन पनि सिक्दै गए ।

विमलले ०७३ सालमा आफ्नै हार्मोनियम मर्मत पसल खोले । सुरुमा ३० हजारबाट लगानी गरिएको पसल अहिले तीनवटा गोदामसम्म विस्तार भएको छ ।

उनलाई हार्मोनियम बनाइदिन र ट्युनिङ गर्नका लागि कलाकारहरूले महिनौं दिनसम्म पर्खिनुपर्ने अवस्था छ । हार्मोनियमको सुर र बेसुरलाई सुनेर सजिलै छुट्याउन सक्ने क्षमताले उनलाई ‘हार्मोनियमका डाक्टर’का रुपमा चिनाएको छ ।

हाल विमलको आफ्नै नामको हार्मोनियम ब्रान्डसमेत छ ।

नेपाल र भारतका कलाकारहरूलेसमेत उनीसँग हार्मोनियम ट्युनिङ गराउँछन् । हार्मोनियममा डिजिटल ट्युनिङ प्रविधि भित्र्याएर उनले संगीत क्षेत्रलाई प्रेरणा दिएका छन् । यही डिजिटल ट्युनिङको क्षेत्रमा उनले आफ्नो नाम ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा लेखाउन सफल भएका हुन् । डिजिटल ट्युनिङ गरेर उनले हार्मोनियमको धुनमा नयाँ जादु थपेका छन् ।

के हो हार्मोनियमको डिजिटल ट्युनिङ ?

पहिलेको र अहिलेको प्रविधिमा धेरै फरक छ । पहिले वर्षौं वर्ष स्वर रियाज गर्नुपर्थ्र्यो । त्यसपछि मात्रै स्वर मीठो आउँथ्यो । डिजिटल युगमा संगीत क्षेत्रले पनि फड्को मार्नुपर्छ र हरेक क्षेत्र डिजिटललाइज्ड हुँदा यस क्षेत्रले पनि यसको सदुपयोग गर्नुपर्छ भन्ने विमलको धारणा छ ।

डिजिटल ट्युनिङले परम्परागत रुपमा हुने अभ्यासले भन्दा एकदम चाँडो गलामा स्वर राम्रो आउने विमल बताउँछन् । उनी भन्छन्, ‘पहिलेको परम्परागत ट्युनिङमा पोइन्ट तलमाथि हुन्थ्यो । यस प्रविधिले एक पोइन्ट पनि तलमाथि फरक नगरी काम गर्छ । जसको कारण संगीत कम्पोज गर्दा निकै मीठो आउँछ ।’

विमलले भारतीय गायिका आशा भोस्ले, सोनु निगमको पनि हार्मोनियम ट्युनिङ गरेको दाबी गरे । त्यस्तै नेपालका शिव परियार, प्रमोद खरेल लगायतका धेरै कलाकारहरुसँग काम गरेको उनी बताउँछन् ।

खबरहबसँग कुरा गर्दै विमलले भने, ‘नेपाल लगायत बलिउडका चर्चित गायक तथा संगीतकारहरुले कामको प्रशंसा गर्न थालेपछि मेरो वल्र्ड रेकर्डमा नाम लेखाउनेतिर ध्यान गयो । पहिले वल्र्ड रेकर्ड बनाउँछु भन्ने थिएन । कामको सम्मान हुँदै जाँदा थाहा पाएँ यसमा कसैले वल्र्ड रेकर्ड बनाएको रहेनछ त्यसैले ६ महिना अभ्यास गरेर नाम लेखाउन सफल भएँ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ५९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका