हार्मोनियमको पेच कस्दा कस्दै « Khabarhub

हार्मोनियमको पेच कस्दा कस्दै


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसले कुनै पनि काममा लगन र साधना गरिरह्यो भने एकदिन सफलताको शिखर चुम्न सक्छ । हामोर्नियमको मर्मत गर्ने विमल साहले एकदिन राम्रो हार्मोनियम बादकका रुपमा ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा आफ्नो नाम लेखाइएला भन्ने सोचेकै थिएनन् ।

विमल साह ०४६ सालमा सर्लाहीको श्रीनगरमा सामान्य परिवारमा जन्मिएका हुन् । काम खोज्दै उनी ०७२ सालमा काठमाडौं आए ।

विमलले सुरुमा पशुपति क्षेत्रमा हार्मोनियम सफा गर्ने काम गरे । उनले त्यसबेला उनी हार्मोनियम सफा गर्थे । खुकुलिएका पेचहरु कस्थे ।
हार्मोनियमको सामान्य काम गर्दागर्दै उनले हार्मोनियम बजाउन पनि सिक्दै गए ।

विमलले ०७३ सालमा आफ्नै हार्मोनियम मर्मत पसल खोले । सुरुमा ३० हजारबाट लगानी गरिएको पसल अहिले तीनवटा गोदामसम्म विस्तार भएको छ ।

उनलाई हार्मोनियम बनाइदिन र ट्युनिङ गर्नका लागि कलाकारहरूले महिनौं दिनसम्म पर्खिनुपर्ने अवस्था छ । हार्मोनियमको सुर र बेसुरलाई सुनेर सजिलै छुट्याउन सक्ने क्षमताले उनलाई ‘हार्मोनियमका डाक्टर’का रुपमा चिनाएको छ ।

हाल विमलको आफ्नै नामको हार्मोनियम ब्रान्डसमेत छ ।

नेपाल र भारतका कलाकारहरूलेसमेत उनीसँग हार्मोनियम ट्युनिङ गराउँछन् । हार्मोनियममा डिजिटल ट्युनिङ प्रविधि भित्र्याएर उनले संगीत क्षेत्रलाई प्रेरणा दिएका छन् । यही डिजिटल ट्युनिङको क्षेत्रमा उनले आफ्नो नाम ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा लेखाउन सफल भएका हुन् । डिजिटल ट्युनिङ गरेर उनले हार्मोनियमको धुनमा नयाँ जादु थपेका छन् ।

के हो हार्मोनियमको डिजिटल ट्युनिङ ?

पहिलेको र अहिलेको प्रविधिमा धेरै फरक छ । पहिले वर्षौं वर्ष स्वर रियाज गर्नुपर्थ्र्यो । त्यसपछि मात्रै स्वर मीठो आउँथ्यो । डिजिटल युगमा संगीत क्षेत्रले पनि फड्को मार्नुपर्छ र हरेक क्षेत्र डिजिटललाइज्ड हुँदा यस क्षेत्रले पनि यसको सदुपयोग गर्नुपर्छ भन्ने विमलको धारणा छ ।

डिजिटल ट्युनिङले परम्परागत रुपमा हुने अभ्यासले भन्दा एकदम चाँडो गलामा स्वर राम्रो आउने विमल बताउँछन् । उनी भन्छन्, ‘पहिलेको परम्परागत ट्युनिङमा पोइन्ट तलमाथि हुन्थ्यो । यस प्रविधिले एक पोइन्ट पनि तलमाथि फरक नगरी काम गर्छ । जसको कारण संगीत कम्पोज गर्दा निकै मीठो आउँछ ।’

विमलले भारतीय गायिका आशा भोस्ले, सोनु निगमको पनि हार्मोनियम ट्युनिङ गरेको दाबी गरे । त्यस्तै नेपालका शिव परियार, प्रमोद खरेल लगायतका धेरै कलाकारहरुसँग काम गरेको उनी बताउँछन् ।

खबरहबसँग कुरा गर्दै विमलले भने, ‘नेपाल लगायत बलिउडका चर्चित गायक तथा संगीतकारहरुले कामको प्रशंसा गर्न थालेपछि मेरो वल्र्ड रेकर्डमा नाम लेखाउनेतिर ध्यान गयो । पहिले वल्र्ड रेकर्ड बनाउँछु भन्ने थिएन । कामको सम्मान हुँदै जाँदा थाहा पाएँ यसमा कसैले वल्र्ड रेकर्ड बनाएको रहेनछ त्यसैले ६ महिना अभ्यास गरेर नाम लेखाउन सफल भएँ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ५९ बजे

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक

दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कंदै गर्दा