रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध « Khabarhub

रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आशन्न स्थानीय तहको उपनिर्वाचनअन्तर्गत रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु) निर्विरोध विजयी भएका छन् ।

मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका माओवादी उम्मेदवार घर्ती पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा निर्विरोध विजयी भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए ।

घर्ती निर्विरोध वडाध्यक्षमा विजयी भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् ।

‘रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उपनिर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १ : २१ बजे

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका