फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य « Khabarhub

फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरिएको छ । 

नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै उक्त नियमका विषयमा  जानकारी दिएको हो । फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि  डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । 

फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ सूचनामा भनिएको छ । 

फर्मासिस्टले हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर र फार्मेसी सहायले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ ।

सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा सेवा प्रवाह गर्दा माथि उल्लेख भएको ड्रेसकोड मिति २०८१ पुस ४ बाट अनिवार्य रुपमा प्रयोग गर्न सम्पूर्ण फर्मासिस्ट एवम् फार्मेसी सहायकलाई जानकारी गराइएको छ । साथै २०८१ पुस ४ बाट ड्रेसकोडको पालना भए नभएको सम्बन्धी अनुगमन परिषदबाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ। 

यसैगरी ब्याचलर इन फार्मेसीको २६ औं नाम दर्ता परीक्षा मिति २०८१ मंसिर १५ र डिप्लोमा इन फार्मेसीको मिति २०८१ मंसिर २२ गते हुने रचनामार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ४९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री