फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य « Khabarhub

फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरिएको छ । 

नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै उक्त नियमका विषयमा  जानकारी दिएको हो । फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि  डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । 

फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ सूचनामा भनिएको छ । 

फर्मासिस्टले हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर र फार्मेसी सहायले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ ।

सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा सेवा प्रवाह गर्दा माथि उल्लेख भएको ड्रेसकोड मिति २०८१ पुस ४ बाट अनिवार्य रुपमा प्रयोग गर्न सम्पूर्ण फर्मासिस्ट एवम् फार्मेसी सहायकलाई जानकारी गराइएको छ । साथै २०८१ पुस ४ बाट ड्रेसकोडको पालना भए नभएको सम्बन्धी अनुगमन परिषदबाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ। 

यसैगरी ब्याचलर इन फार्मेसीको २६ औं नाम दर्ता परीक्षा मिति २०८१ मंसिर १५ र डिप्लोमा इन फार्मेसीको मिति २०८१ मंसिर २२ गते हुने रचनामार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ४९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा