कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ, तर असर ठूलो भोग्न बाध्य छौँ « Khabarhub

कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ, तर असर ठूलो भोग्न बाध्य छौँ


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अजरबैजान । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताएकी छन्। अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गरेकी हुन् ।

‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ । कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइ अक्साइड उत्सर्जन गदर्छ,’ शाक्यले भनिन्, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर, एशियाली मुलुकमा पनि मुख्य गरेर चाइना र भारत कोइला उत्पादनमा अग्रपङ्त्तिमा छन् । यी दुई राष्ट्रको बिचमा रहेको हाम्रो देश नेपालले ती देशमा उत्पादित तथा प्रयोग गर्ने कोइलाको असर भोग्न बाध्य भएको छ ।’

उनले हरितगृह ग्यास उत्र्सजनमा नेपालको अति न्यून भूमिका रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण नेपाले रहेक वर्ष ठूलो क्षति व्यहोर्न बाध्य भएको पनि उनले उल्लेख गरिन। जलवायु परिवर्तन गराउन हरितगृह ग्यासको मुख्य भूमिका हुन्छ । ऊर्जा, उद्योग र उत्पादन क्षेत्र, कृषि–पशुपालन, वन र फोहोर हरितगृह ग्यास उत्सर्जनका मुख्य स्रोत मानिन्छन् ।

‘हरितगृह ग्यास उत्र्सजका कारण नेपालमा रहेका २ हजार ३ सय २३ हिमताहरु मध्ये २० वटा हिमतालहरु उच्च जोखिममा रहेको तथ्यहरु बाहिर आएका छन्,’ उनले भनिन्, ‘हरेक वर्ष वायुमण्डलको तापक्रम वढ्दै जाने र अधिक मात्रामा हिउँहरु पग्लदै जाने क्रम नरोकिने हो भने हिमताहरुको संख्या वढ्ने र जोखिममा रहेका हिमतालहरु फुट्ने सम्भावना छ ।’

हिमताल फुटेको अवस्थामा नेपालको ठूलो जन–धनको क्षति भोग्न बाध्य हुने खतराप्रति पनि उनले संकेत गरिन् । ‘नेपालले सुख्खा पहिरो, पहिरो, बेमौसमी बाढी, पानीको मुहान सुक्ने, अतिवृष्टि, अनाबृष्टि आदि प्रकृति प्रकोपसँग जुझ्दै आइरहेको छ,’ उनले भनिन् , ‘यसको हानी र नोक्सानीको क्षतिपूर्ति सम्वन्धित देशहरुबाट प्रभावित देशहरुले सहजरुपमा पाउनुपर्छ ।’

उनले कृषि क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइएका असरहरुका कारण हिमाली तथा पहाडी क्षेत्रमा बसाइसराइको क्रम वढ्दै गइरहेको पनि उनले उल्लख गरिन्। ‘त्यसले सामाजिक तथा आर्थिक रुपमा नकरात्मक असर पारेको छ,’ सांसद शाक्यले भनिन्, ‘नेपालको संघीय, प्रदेश र स्थानी सरकारमा नविकरणी उर्जा प्रवद्र्धनका लागि नीति, रणनीति र कार्यक्रमहरु बनाई कार्यान्वयनको अवस्थामा गैरहेको छ ।’ शाक्यले केही वर्षयता नेपालको कोइला उत्पादनमा उतार–चढाव आएको पनि उल्लेख गरिन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : १९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर