नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण « Khabarhub

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल  निर्माण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो ।

‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ मा ८४ स्थानीय तहमा चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चित भएको छैन ।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने।

 उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि तीन अर्ब २० करोड विनियोजन गरिएको छ ।

विसं २०७७ मा  प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए । त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ३८ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द