खेलकुद

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

By खबरहब

October 21, 2024

काठमाडौं – साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सको पोष्टमा गोलवर्षा गरेको छ । ७८ मिनेटको खेल सकिँदा नेपालले माल्दिभ्सविरुद्ध ९-० को अग्रता बनाएको हो ।

नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन्‌ । सबिता राना मगर, प्रिती राईले र अनिता केसीले पनि माल्दिभ्सको पोष्टमा गोल गरेका छन्‌ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका थियो ।

तस्बिरहरूः