यू– १९ विश्वकप क्रिकेट : आज नेपाल र न्युजिल्याण्ड खेल्ने « Khabarhub

यू– १९ विश्वकप क्रिकेट : आज नेपाल र न्युजिल्याण्ड खेल्ने


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ ।  समूह ‘डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुनेछ । आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् ।

हिजो दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग र शुक्रबार तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ ।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समुहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन् ।  सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यसअघि भारतले सर्वाधिक ५ पटक उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक उपाधि जितेको छ । यसैगरी, पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक–एक पटक उपाधि जितेका छन् ।

यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटब सहभागिता जनाइसकेको छ । तर यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो । नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकप खेल्ने नेपाली टिम

यू–१९ विश्वकपमा नेपालका तर्फबाट देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्दले खेल्ने छन् ।

 

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : २९ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो