‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’ | Khabarhub Khabarhub

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ ।

‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ’, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, ‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।’

त्रिवेणी क्षेत्रका दुईवटा वडाका बासिन्दाले  सहज बाटो नहुँदा धेरै दुःख खेप्नुपरेको उनको भनाइ छ । ‘हामीलाई आपत छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने’, उनले भने ।

सदरमुकाममा कुनै काम लिएर जानुपरे दुःखसँगै आठ–दश हजार रुपैयाँ खर्च बोकेर हिँड्नुपर्ने अवस्था रहेको त्रिवेणीका विष्णुप्रसाद चौलागाईँले बताए । त्रिवेणी–दुम्कीबास बाटो खोल्छौँ भनेको धेरै समय बितेपनि अझै समस्या उस्तै रहेको उनले गुनासो छ ।

‘बाटो खोल्छौ भनेको यति समय बिते, प्रदेशका मुख्य व्यक्ति आउनेजाने गरेकै छन्, तर खोल्ने सुरसार छैन, अब त बाटो खुल्ने आशा पनि मरिसकेको छ’, उनले भने ।

लुम्बिनीमा राखे धेरै सहज हुने जनाउँदै चौलागाईँले भने, ‘यहाँ घरको भात खाएर साइकलमा गएर नागरिकता बन्छ, मालपोतको काम हुन्छ, उहाँ कहाँ घुमेर पुग्नुपर्छ, सरकारलाई आग्रह छ । हाम्रा लागि कि बाटो खोलिदेऊ नत्र लुम्बिनीमा मिलाइदेउ ।’

त्रिवेणी–दुम्कीबास सडक नखोलेसम्म त्रिवेणी क्षेत्रका दुई वडाका बासिन्दाको भलाइ नहुने वडा नं ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । बाटो नखुल्दा आफ्नै पालिका पुग्नसमेत कठिन अवस्था रहेको उनले बताए । बाटो नखोल्ने र गण्डकीमा रहने हो भने यहाँका जनतालाई कुनै भलो नहुने उनको तर्क छ ।

त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठान गरिरहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । यो सडक समग्र विनयी त्रिवेणीको र गण्डकी प्रदेशको भविष्यसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको उनको भनाइ छ ।

त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्कीबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश, संघ र स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा जोड दिए ।

गत शुक्रबारमात्रै त्रिवेणी पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्कीबास सडक खोल्न उच्च प्राथमिकता दिने बताएका थिए ।

नवलपुरको दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन् । बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्दछ ।

यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ । मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक रहेको स्थानीयको भनाइ छ ।

विसं २०५९ अघि हुलाकी सडकका रूपमा रहेकामा  यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात  सञ्चालन गरिएको थियो । हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्रमोक्ष जनतामार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो ।

विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको  क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ३६ बजे

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो