टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइन्छ : प्रधानमन्त्री « Khabarhub

टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइन्छ : प्रधानमन्त्री


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी काम छिट्टै अघि बढने बताएका छन् ।

असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढ्ने बताएका हुन् ।

उनले संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।

उनले भने, ‘आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको र पूरा नगरे राम्रो हुँदैन भनिसकेको छु ।’

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ११ : १५ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि