अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै « Khabarhub

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।

भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

उनका अनुसार पालिकाले लज निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना तयार गरिरहेको पुनले जानकारी दिए ।

पालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्ग क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गर्ने काम अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

‘अन्नपूर्णको आधार शिविरको प्रवर्द्धनका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको छ’, उनले भने, ‘गुरुयोजनामा प्राथमिकता दिइएका क्षेत्रलाई योजनाबद्ध तरिकाले अघि बढाउने छौँ । यस वर्ष आधार शिविर र भुसकेट मेलामा दुई वटा लज बनाउने तयारी छ ।’

पालिकाले उक्त आधार शिविर जाने पदमार्गलाई थप व्यवस्थित बनाउँदै प्रवर्द्धन गर्न अभियान चलाउने जनाएको छ । यहाँ लज निर्माण गरी सञ्चालनमा ल्याउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

उनका अनुसार अहिले आधार शिविर जाने पर्यटकले हुमखोलादेखि माथि आफैँ खाना र बसोबासका सामानको बन्दोबस्त गरेर जानुपर्ने बाध्यता छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा छ ।

सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरीस हर्जोगले गरेकाले नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङ गाउँदेखि आधार शिविर पुग्ने यस पदमार्ग मनोरम दृश्य र प्राकृतिक छटाले भरिपूर्ण छ ।

गाउँपालिकाले पदमार्गअन्तर्गत फुतफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्राम स्थल थप गर्ने, शौचालय र खानेपानीको प्रबन्ध मिलाउने, फोहरमैला व्यवस्थापन गर्नेलगायत कामलाई प्राथमिकता दिएको पालिकाका अध्यक्ष पुनले जानकारी दिए।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गका पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म एक दिनमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ४२ बजे

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको