प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट « Khabarhub

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेश केवल २५ रनमा समेटिएको छ ।

मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५ ओभर २ बल खेल्दै २५ रन बनाएर अलआउट भएको हो ।

कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शून्यमा आउट भएका थिए ।

कोशीको ब्याटिङ लाइन ध्वस्त गर्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए । त्यस्तै, सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८ ओभर २ बलमा अल आउट हुँदै १६७ रन बनाएको थियो । कोशी प्रदेशका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएका थिए ।

यो गण्डकी प्रदेशको पहिलो जित हो । गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै, कोशी प्रदेशले भने लगातार छैटौं हार व्यहोरेको छ ।

अब गण्डकी प्रदेशले अर्को खेल मंगलबार बागमती प्रदेशसँग त्रिवि मैदानमा खेल्ने छ भने कोशी प्रदेशले मंगलबार नै मूलपानी मैदानमा कर्णाली प्रदेशसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ५९ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि