दिनभर आज : मन्त्री फेर्ने प्रचण्डको तयारीदेखि प्राण प्रतिष्ठासम्म « Khabarhub

दिनभर आज : मन्त्री फेर्ने प्रचण्डको तयारीदेखि प्राण प्रतिष्ठासम्म


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा अर्थमन्त्री र गृहमन्त्री फेर्ने प्रचण्डको तयारी, अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाको तयारी पूरा, दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी, त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ, धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन उपकुलपतिलाई प्रधानमन्त्रीले दिए निर्देशनलगायतका समाचार रहनेछन् ।

अर्थमन्त्री र गृहमन्त्री फेर्ने प्रचण्डको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । गत पुस १० गतेको सम्वोधनमा मन्त्रिपरिषद हेरफेरको घोषणा गरेका प्रधानमन्त्री दाहालले यसै साता केही मन्त्रीहरु फेर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्रीका साथमा अर्थमन्त्रालय नहुँदा काम गर्न असहज भएको र सरकारको काम प्रभावकारी हुन नसकेको प्रचण्डको निष्कर्ष छ ।

अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाको तयारी पूरा

भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको तयारी पूरा भएको छ ।

सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको शुभ साइतमा मन्दिरको प्राण प्रतिष्ठा समारोह सुरु हुनेछ ।

दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग

दैनिक चार हजारभन्दा धेरै नयाँ सवारी चालक अनुमतिपत्रको माग रहेको देखिएको छ । आज सिंहदरबारमा संघका मन्त्रीसहित सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सचिवहरुको बैठकमा यसबारे जानकारी दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार अनुसार अझै १४ लाख सवारी चालक अनुमतिपत्र छाप्न बाँकी छ ।

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ । प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ०५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको