यु–१९ विश्वकप : न्युजिल्यान्डसँग नेपाल पराजित « Khabarhub

यु–१९ विश्वकप : न्युजिल्यान्डसँग नेपाल पराजित


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ विश्वकप क्रिकेट २०२४ अन्तरगतको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा आइतबार भएको खेलमा न्युजिल्यान्डसँग नेपाल ५४ रनले पराजित भएको हो ।

तीन सय तीन रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले शतक बनाउनबाट चुके । एक सय चार बलको सामना गरेका उनले १२ चौकासहित ९० रन बनाए ।

त्यस्तै कप्तान देव खनालले ३६ रन, सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे । त्यस्तै गुलशन झा र आकाश त्रिपाठी २/२ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि मेसन क्लार्कले ३ विकेट लिए । एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले २/२ तथा म्याट रो र ज्याक कमिंगले १/१ विकेट लिए ।

त्यसअघिटस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनाएका थियो ।

न्यूजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतमा एक सय ४७ रन जोडेका हुन् ।

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्यूजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे ।

यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ०२ बजे

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्ने एक

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको