वर्गीकरणसहितको किसान परिचयपत्र माग « Khabarhub

वर्गीकरणसहितको किसान परिचयपत्र माग


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय किसान आयोगले किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग गरेको छ ।

आयोगको सातौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा आयोगका अध्यक्ष प्रेम दङ्गालले देशभरका किसानलाई परिचयपत्रका आधारमा सामाजिक सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले कृषि कार्यमा हुने दुर्घटनाको जोखिम बहन गर्न उनीहरुको बीमा तथा स्वास्थ्य उपचारका लागि छुट्टै किसान अस्पताल स्थापना गर्न पनि सरकारलाई आग्रह गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले समग्र कृषि क्षेत्रका समस्या समाधान गर्ने गरी सरोकारवालाको सुझाव समावेश गरी मन्त्रालयले कृषि ऐन ल्याउने अन्तिम तयारी गरिरहेको बताउँदै किसानलाई उत्पादनका आधारमा सहुलियत ऋण, प्रविधिमा अनुदान, मल, बीउबिजनको सुविधाको व्यवस्था गरिएको जानकारी दिए ।

कृषिविज्ञ देवेन्द्र यादवले सरकारले किसानलाई वितरण गर्ने सेवासुविधाको सही सदुपयोग गर्न सम्बन्धित पालिकासँग समन्वय गरी लक्षित वर्गलाई अनुदान पुगेको वा नपुगेको अनुगमनमार्फत वितरण पद्धतिलाई वैज्ञानिक बनाउनुपर्ने सुझाव दिए ।

आयोगकी सदस्य पुष्पा भुसालले कूल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा किसान कल्याणकारी कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए ।

सरकारले विनियोजन गरेको कूल चार करोड ९० लाख रकममध्ये आयोगले तीन करोड ३६ लाख खर्च भएको जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ५२ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा