अब को हुनसक्छ पुटिन सत्ताका लागि खतरा ? | Khabarhub Khabarhub

अब को हुनसक्छ पुटिन सत्ताका लागि खतरा ?


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

युलिया नाभानाल्याले चार वर्ष आफ्नो श्रीमानको नजिक भएर बिताएकी थिइन्। यो समयमा उनले आफ्नो श्रीमानको हात समाएर नै धेरै समय बिताइन्। सन् २०२० मा एलेक्सी नाभानाल्यालाई विष दिइएको थियो। झुक्क्याएर उनलाई एम एजेन्टमार्फत नै विष दिइएको हो। त्यसपछि युलियाले आफ्नो श्रीमानको जीवन बचाउन विदेशमा उपचारार्थ लगेकी थिइन्। आर्टीक जेलमा उनी भन्दा कुनै टाढाको स्थानमा अहिले एलेक्सीको निधन भइसकेको छ। उनले यसको आरोप रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई लगाएकी छिन्। पुटिनविरुद्धमा युद्ध लड्न कुनै कसर बाँकी नराख्ने पनि उनले जानकारी दिइसकेकी छिन्।

उनले सोमबार सञ्चार माध्यममा आफ्नो धारणा राख्दै रुसी सत्ता प्रतिको आक्रोश व्यक्त गरेकी छन्। यो भिडियो हेर्ने धेरैको आँखाबाट आँसु बग्नेछ। तर यो एकदमै आश्चर्यजनक छ। उनले आफ्नो मुटु छियाछिया पारे पनि श्रीमानले उठाएको आवाज उठाउन नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले आफ्नो मस्तिष्कमा सुन्दर रुसी भविष्यको परिकल्पना रहेको बताएकी छन्। उनी यसमा टसमस हुने पक्षमा छैनन्। यो घटनाले रुसमा पुटिन प्रतिको नकारात्मक धारणा समेत फैलँदो छ। उनको यो भिडियोले युलियालाई भने एउटी बहादुर महिलाको रूपमा चित्रण गरेको छ।

आर्टीक जेलमा अहिले एलेक्सीको निधन भइसकेको छ। उनले यसको आरोप रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई लगाएकी छिन्। पुटिनविरुद्धमा युद्ध लड्न कुनै कसर बाँकी नराख्ने पनि उनले जानकारी दिइसकेकी छिन्।

एउटा पुरुषको अभावमा महिला अझ बलिया हुन्छन् भन्ने भनाइ अहिले धेरैले सम्झने गरेका छन्। धेरैले बेलारुसको विगत सम्झन थालेका छन्। त्यहाँका शासक अलेक्जेन्डर लुकासेन्कोले स्वेतलाना तिखानोसाभ्यालाई अवमूल्यन गरेका थिए। उनका श्रीमान् सर्जी तिखानोभ्सकी मरेपछि उनले सन् २०२० मा राष्ट्रपतिको प्रत्याशीको रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन्।

लुकासेन्कोले झिनो मतले जित त हात पारे। परन्तु पराजयपछि पनि स्वेतलानाले चुनावमा धाँधली भएको भन्दै हजारौँलाई सडकमा उतारेर प्रदर्शन गरेकी थिइन्। स्टेट सेक्युरिटी कमिटी (केजीबी)बाट बारम्बार धम्की आएपछि उनी विदेसिएकी छन्। त्यहीँबाट उनले राष्ट्रपति रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छिन्।

एभगीनाको कारा मुर्जाको पनि मुख्य भूमिका छ। सन् २०१५ र २०१७ मा उनको श्रीमानलाई विष दिइएपछि उनी अस्पतालमै बसेर लडाइँ ललिरहकी थिइन्। उनले आफ्नो श्रीमानलाई संरक्षण दिइरहेकी थिइन्। अहिले पनि भ्लाडिमिर कारा मुर्जा पुटिनको खराब भूमिकाको बारे आवाज उठाउन अन्तर्राष्ट्रिय क्षेत्रमा लबिङ गरिरहेकी छिन्। यो लबिङ खासमा पश्चिमा देशसँग सरोकार राख्नेहरूको बिचमा छ।

सन् २०२२ मा उनलाई युद्ध अपराधको आरोप लगाउँदै गिरफ्तार गरिएको थियो। पेसाले भाषा अनुवादक एभगीना अहिले आफ्नो श्रीमानको अभियानलाई अघि बढाउनलाई नै धेरै मेहनत गरिरहेकी छिन्।

सन् २०२२ मा उनलाई युद्ध अपराधको आरोप लगाउँदै गिरफ्तार गरिएको थियो। पेसाले भाषा अनुवादक एभगीना अहिले आफ्नो श्रीमानको अभियानलाई अघि बढाउनलाई नै धेरै मेहनत गरिरहेकी छिन्।

धेरैको अनुमान युलिया नाभाल्नायाको भूमिका पनि त्यस्तै हुने भन्ने छ। उनले यस विषयमा युरोपेली युनियनको विदेश मन्त्रीसँग सम्पर्क गरिसकेकी छिन्। युरोपेली युनियनले पनि एक वक्तव्य नै निकालेर पुटिनलाई एक किसिमको चेतावनी नै दिएको छ। तर, रुसमा नै पुटिनको खुलम खुला विरोधी देख्न कठिन छ।

युलियाले रुसी सत्ताले आफ्नो श्रीमानको ज्यान लिएको आरोप लगाए पनि यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न धेरै कठिन भइरहेको छ। रुसमै नाभाल्न्याको सङ्गठन पूर्ण रूपमा प्रतिबन्धित छ। रुसी सरकारले देश भित्र सो सङ्गठनलाई आइएस कै झैँ नै प्रस्तुत गरेको छ। सन् २०२१ मा प्रतिबन्ध लाग्नु अगाडि सो सङ्गठनले रुसमा निर्णायक लडाइँ लड्ने उद्घोष नै गरेको थियो। यसै कारण पनि पुटिनले अतिवादीको संज्ञा दिएका थिए। त्यसरी संज्ञा दिनुको पछि केही डर पनि लुकेको थियो।

त्यसपछि नै अन्य विपक्षी सोच राख्ने पनि पुटिनको विरुद्धमा खुलम खुला बोल्न डराएका थिए। यसपछि नै उनका समर्थक कोही जेल चलान भए भने कोही विदेशिन बाध्य भए। गएको दुई दशकदेखि हरेक विपक्षीलाई दबाएर पुटिनले लगातार शासन गरिरहेका छन्। अहिले नाभाल्याको तस्बिरमा सर्वत्र फूलको गुच्छा चढाइएको छ। यसले पनि रुसी जनता परिवर्तनको पक्षमा रहेको प्रस्ट सङ्केत गरेको छ। अहिले धेरै नै फूलको गुच्छा चढाउन थालिएपछि यसले सरकारलाई नै आजित बनाएको छ।

एलेक्सी नाभानाल्याले रुसी जनताको स्वतन्त्रताको लागि जीवन नै उत्सर्ग गरेको साँचो हो। उनकी विधुवाले त्यसलाई निरन्तरता दिने प्रण गरेकी छिन्।

एलेक्सी नाभानाल्याले रुसी जनताको स्वतन्त्रताको लागि जीवन नै उत्सर्ग गरेको साँचो हो। उनकी विधुवाले त्यसलाई निरन्तरता दिने प्रण गरेकी छिन्। नाभाल्याको मृत्युपछि पश्चिमा नेताको फरक धारणा आइसकेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले यस घटनाको पूर्ण जिम्मेवार पुटिन नै भएको मत सार्वजनिक गरिसकेका छन्। रुसी जनताको स्वतन्त्रताको आवाजका लागि भन्दै १९ वर्ष लामो यातना सहेका उनको निधनपछि युरोपेली युनियनका विदेशी नीति प्रमुख जोसेफ बोरेलले पुटिन सत्ताले स्लो पोइजन दिएर जेल भित्र नै उनको हत्या गरेको आरोप लगाएका छन्। बेलायतले त औद्योगिक राष्ट्रका नेताहरू रुसी ज्यादतीको विरुद्धमा आवाज उठाउनुपर्ने धारणा राखेको छ।

उनको मृत्यु भएको स्थानको उपनाम पोलार उल्फ हो। आर्टिक सर्कलको माथि यामालो नेन्टेस भन्ने स्थानमा यो छ। उत्तरी ध्रुवको सहनै कठिन जाडोमा मानिसलाई यातना दिनका लागि नै सो स्थान परिचित छ। त्यो स्थानमा माइनस २२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ।

त्यहाँ जाडो महिनामा बाहिर पोसाक बिना नै मानिसलाई उभ्याउने गरिन्छ। अझ कतिपयलाई त पानी पनि खन्याउने चलन छ। गर्मी महिनामा भने लामखुट्टेबाट बच्न कुनै पनि उपाय अपनाउन दिइँदैन। धुलाम्मे र चरा यातना युक्त स्थानमा उनी सुन्दा पनि अत्यास र कालीलाग्दो यातना सहेर बसेका थिए। उनले जेलमा पनि कैदीलाई सङ्गठित गर्दै विद्रोहको प्रयास गरेका थिए।

रुसी सत्ताको यातना र ज्यादतीको एउटा कथाको त अन्त्य भएको छ। उनको श्रीमती मार्फत विद्रोहको अर्को कथाको सम्भावना देखिएको छ।

उनले त्यही भित्र रहेर पनि सत्यको पक्षमा आवाज उठाइरहेका थिए। सन् २०२३ को जनवरीमा भने उनले आफ्नो मानसिक स्वास्थ्यमा समस्या आएको कुरा सार्वजनिक गरेका थिए।

सन् २०२३ मै ५ सय चिकित्सकले हस्ताक्षर गर्दै उनलाई नागरिक चिकित्सकले उपचार गर्न पाउनुपर्ने माग गरेका थिए। रुसी सत्ताको यातना र ज्यादतीको एउटा कथाको त अन्त्य भएको छ। उनको श्रीमती मार्फत विद्रोहको अर्को कथाको सम्भावना देखिएको छ। सायद यो पुटिन सत्ताका लागि सबै भन्दा टाउको दुखाइको विषय पनि हुनसक्ने छ। स्रोत : बीबीसी

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : २९ बजे

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : मन्त्री चौधरी

राजविराज– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न

‘संविधान पुनरावलकोन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक