दिपेन्द्रले लिए नामिबियाको चौथो विकेट « Khabarhub

दिपेन्द्रले लिए नामिबियाको चौथो विकेट


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई चौथो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १७ ओभरमा आफ्नो ४ विकेट गुमाएको हो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले नामिबियाका जन फ्रिलिंकलाई ४ रनमा एलबीडब्लू आउट गराए । यसअघि तेस्रो विकेटको रुपमा नामिबियाका मिचेल भान ३१ रनमा आउट भएका थिए । कुशल मल्लको बलमा अगाडी बढेर सट हान्न खोजेका मिचेललाई विकेटकिपर आसिफ सेखले आउट गराए ।

पहिलो विकेटको रुपमा निकोलस डाभिनलाई रन आउट गराएको नेपालले दोस्रो विकेट जेपी कोड्जेलाई बोल्ट आउट गरायो । नेपालका कप्तान रोहीत पौडेलले जेपी लाई आउट गरे यसअघि दिपेन्द्रसिंह ऐरीले रन आउट गराएक थिए ।

यसअघि कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ३८ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको