रङ्गेलीको टेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार अनुपस्थित « Khabarhub

रङ्गेलीको टेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार अनुपस्थित


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चलचित्र रङ्गेलीको टेलर सार्वजनिक भएको छ ।  निर्माण पक्षले बुधबार चाबहिलमा एक कार्यक्रमको आयोजना गरी टेलर सार्वजनिक गरेको हो । 

टेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार नायक दयाहाङ राई र नायिका मिरुना मगर अनुपस्थित थिए । उनीहरु अर्को फिल्मको छायांकनमा व्यस्त भएकाले अनुपस्थित भएको निर्माण पक्षले जानकारी दिएको छ ।

तराई क्षेत्रमा हुने अपराधमा आधारित कथामा फिल्म बनेको टेलरबाट बुझ्न सकिन्छ । टेलरमा मुख्य कलाकार  दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडालगायतका कलाकारलाई स्थान दिइएको छ । 

कार्यक्रममा लेखक तथा निर्देशक अर्जुन सुबेदीले फिल्मको नाम ‘रङ्गेली ग्याङस्टार’ राख्ने तयारी भए पनि स्थानीयको आग्रहमा रङ्गेली मात्रै राखेको जानकारी दिए । 

त्यस्तै, फिल्म निर्माणका क्रममा विभिन्न समस्याहरूसँग जुध्नु परे पनि राम्रो बनेको नायक प्रवीण खतिवडाले दाबी गरे । उनले भने, ‘बनाउने क्रममा जटिलताको धेरै आयो । तर फिल्म सुन्दर बनेको छ । हलमै पुगेर हेर्न आग्रह गर्छु ।’

महाशिवरात्रि अर्थात फागुन २५ गतेबाट फिल्म प्रदर्शन हुँदै छ । फिल्ममा दयाहाङ, अर्पण थापा, मिरुना, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय छ।

फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन्। 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ०५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार