आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा हारसम्म | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा हारसम्म


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री, बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा, ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरु गर्‍यो आन्दोलन, कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान, एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन, एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि समूहगत छलफल, उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन, नामिबियासँग फेरि हार्‍यो नेपाललगायतका समाचार रहनेछन् ।

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए ।

प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ । यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ ।’

आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरु गर्‍यो आन्दोलन

शिखर सम्मेलनबारे प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल

कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान
नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गरेका छन् ।

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। ‘हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन’, उनले भने।


कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो ।

कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान

आगामी निर्वाचनमा कांग्रेस सुभेच्छुकले रुखमा भोट हाल्ने वातावरण बनाउँछौँ : चन्द्र भण्डारी

महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ: शेखर कोइराला

एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफल जारी रहेको छ ।

बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्यहरू रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको थियो ।

समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि समूहगत छलफल

समितिमा आवद्ध नहुन रास्वपाको निर्देशन

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील र तमलोपाबीच सहकार्य

मन्त्री ज्वालालाई बर्खास्तीको माग
नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ।

बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो।


उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

काठमाडौंमा ट्याक्सी यातायात व्यवसायीको प्रदर्शन

उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या

नामिबियासँग फेरि हार्‍यो नेपाल
आईसीसी विश्वकप क्रिकेट लिग- २ को तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ३९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।


नामिबियाको जितमा कप्तान गेरहार्ड इरास्मसले ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । कुशल मल्ल, रोहीत पौडेल, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

ललितले दिलाए नेपाललाई सातौँ सफलता

नेपाललाई छैटौं सफलता, भुर्तेलले लिए दोस्रो विकेट

दिपेन्द्रले लिए नामिबियाको चौथो विकेट

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी
चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ ।

अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ ।


राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ । सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ ।

पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन

युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन: पुटिन

वार्ता असफल भएपछि भारतीय किसानद्वारा पुनः आन्दोलन सुरु

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ५९ बजे

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा