आज २०८० साल चैत ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ८ गते बिहीबारको राशिफल


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ८ गते बिहीबार तदनुसार सन् २०२४ मार्च २१ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन सामान्य छ। अरुलाई सहयोग गर्न खोज्दा आफू कमरोर बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ रहनेछ।

वृष : दैनिकी राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा उपलब्धि मिल्नेछ। खानापानमा ख्याल नगरे पुरानो रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। बोलीमा मोहनी छ। घर र समाजमा सकारात्मक प्रभाव पर्नेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। परिवारमा भने मनमुटाव हुनसक्ने जोखिम देखिन्छ।

सिंह : दिन सामान्य छ। आफन्तले खुट्टा तान्ने छन्। कुनै योजना बनेको भए गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुन्छ। आफ्नो क्षमता अनुसारको काम गर्ने दिन हो। परिवारको समझदारीमा अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दैनिकी राम्रो छ। आज गरेका प्रयास सफल हुनेछ। आर्थिक क्षेत्र सुधार हुनेछ। सामाजिक कार्य बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले दिन फलदायी हुनेछ। स्वदेशमा नै धेरै अवसर सिर्जना हुनेछन्। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिक : समय राम्रो छ। पैतृक सम्पत्तिको उपयोग गर्ने अवसर प्राप्त हुनेछ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पुरानो रोगबाट बच्नु राम्रो हुन्छ। परिवारको साथ प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु  : तपाईंका विरुद्ध बोल्नेहरु कमजोर हुनेछन्। तपाईंले गरेको लगानीबाट सन्तोष मिल्नेछ। रोगको प्रकोप भने बढ्ने देखिन्छ। खानपानमा ख्याल गर्नुपर्ने दिन हो। परिवारले तपाईंमाथि शंका गर्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथी र परिवारबाट साथ मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुने योग छ। खानपानमा ख्याल गरेमा स्वास्थ्य लाभ प्राप्त हुनेछ।

कुम्भ : आजको दिन सामान्य छ। अरुले गल्ती गरे पनि दोष तपाईंमाथि लाग्ने खतरा हुनसक्छ। शिव भजन गरेमा मन शान्त हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

मीन : समय राम्रो छ। रमाइलो गर्ने दिन हो। लगानीको क्षेत्रबाट उत्साह बढ्नेछ। भ्रमण रोमाञ्चक हुनेछ। साथीसँगको भेटमा भने खर्च हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ५ : २२ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र