हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत सेवा « Khabarhub

हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत सेवा


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत सेवा विस्तार गरिएको छ ।

रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत सेवा उपलब्ध गराउँदै आएको थियो भने बुधबारदेखि चौबिसै घण्टा विद्युत सेवा निरन्तर हुने गरी विद्युत सेवा विस्तार गरिएको उक्त कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए ।

स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनको भनाइ छ । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।

विद्युत लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियो भने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो ।

वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक दुई हजार विद्युत शुल्क तोकिएको अध्यक्ष बुढाले बताए । गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई एक हजार शुल्क तोकिएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ९ : २६ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न