दादुरा खोप ९६ प्रतिशत बालबालिकाले लगाए « Khabarhub

दादुरा खोप ९६ प्रतिशत बालबालिकाले लगाए


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो । 

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्यांकअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए। उनका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा करिब ५६ लाख ४३ हजार नौ सय १२ बालबालिकाले खोप लगाएका छन् । 

‘हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्’, उनले भने, ‘प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशत खोप लगाएको पाइएको छ, पूर्ण तथ्यांक आउँदा करिब शतप्रतिशतले खोप लगाएको हुनुपर्दछ ।’ सरकारले यस वर्ष दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिमरुकुमजाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिमरुकुम र जाजरकोटमा यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । 

खोप भारतसँग सीमा जोडिएका दादुरा-रुबेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइएको थियो ।

 खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको थियो । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १२ : २१ बजे

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको

रुस र अमेरिकाको आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

एजेन्सी– संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण

स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र