‘दलित समुदायको समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध’ « Khabarhub

‘दलित समुदायको समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध’


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

५९औँ जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानमा छुवाछुत विरोधी व्यवस्था गरेपनि यथार्थमा अहिले पनि विभेद कायम गरेको भन्दै दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले परिवर्तन ल्याउनको लागि आफूले सबैभन्दा धेरै अपिल दलित समुदायलाई गरेको र पहिलो साथ दलित समुदायले नै दिएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले सयौँ वर्षदेखि दलित समुदायमाथि भएको विभेदको क्षतिपूर्ति राज्यले दिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । 

दलित समुदायको समग्र विकासका निम्ति प्राधिकरण गठन गर्ने आफ्नो तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व भएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १ : ३० बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना