रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको कारबाही बदर « Khabarhub

रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको कारबाही बदर


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई निर्वाचन आयोगले चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ ।

निर्वाचन आयोगविरुद्ध रास्वपाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले दायर गरेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले रिट जारी गरेको हो ।

निर्वाचन आयोगले गत साउन ९ मा सूचना जारी गरी निर्वाचन खर्च जारी नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेश सभाका २५ सय उम्मेदवारलाई जरिवाना हुने सूचना जारी गरेको थियो ।

 आयोगको उक्त निर्णय त्रुटिपूर्ण र गैरसंवैधानिक भन्दै रास्वपाका चार सांसद उच्च अदालत पुगेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ६ : ३२ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६