हेडको आक्रामक ब्याटिङले चम्किँदै हैदरावाद : दिल्ली ६७ रनले पराजित « Khabarhub

हेडको आक्रामक ब्याटिङले चम्किँदै हैदरावाद : दिल्ली ६७ रनले पराजित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ रनको लक्ष्य प्रस्तुत गरेको हो।

हैदरावादका लागि ओपनर हेडले सर्वाधिक ८९ रन बनाए। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।

अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।

दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए भने मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट हात पारे।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १९ ओभर १ बलमा १९९ रन बनाएर अलआउट भयो। दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए। कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेलले ४२ रन बनाउँदा ओपनर पृथ्वी शाले १६ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न हैदरावादका लागि टि नटराजनले एक्लै ४ विकेट हात पारे। मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट हात पार्दा भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले १-१ विकेट लिए।

यो जितसँगै सात खेल खेलेको हैदरावाद १० अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ। आठ खेल खेलिसकेको दिल्ली भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल कलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच हुँदैछ। यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा पञ्जाब किंग्स र गुजरात नाइटनले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ०७ बजे

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन– नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।