पर्सामा आगलागीबाट लाखौँको क्षति « Khabarhub

पर्सामा आगलागीबाट लाखौँको क्षति


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले उक्त बस्तीका फुसले बनेका १५ घर जल्दा लाखौँको क्षति भएको हो ।

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति हुँदा १२ लाख ८४ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

छिपहरमाई–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बर्ताए ।

प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो निभाउन सफल भएको हो ।

आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ । सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आगजनीले सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर दुई लाख ८० हजार रुपैयाँ बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ ।

आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी एक लाख रुपैयाँ बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि ६ कठ्ठामा रहेको गहुँबाली जलेको छ । सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ ।

किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँ र पराल गरी एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा ३० हजारको क्षति भएको छ ।

आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ३४ बजे

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौं – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

नाइजेरिया : विद्यालय अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

लागोस – मेको मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको

अदालत र न्यायाधीशलाई प्रधानन्यायाधीशले दिए २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको