वर्तमान सत्ता गठबन्धनबारे के भन्छन् एमाले महाधिवेशन प्रतिनिधि ? | Khabarhub Khabarhub

वर्तमान सत्ता गठबन्धनबारे के भन्छन् एमाले महाधिवेशन प्रतिनिधि ?

रास्वपालाई सत्ता सहयात्री बनाएकामा कार्यकर्ता खुसी


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्कको प्रथम बैठकमा सहभागी नेता-कार्यकर्ताहरूले वर्तमान सत्ता गठबन्धनलाई प्राकृतिक र देशको आवश्यकताले बनेको प्रतिक्रिया दिएका छन् ।

ललितपुरको गोदाबारीस्थित सनराइज हलमा चलिरहेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनलाई प्राकृतिक भनेको हो।

पार्टी उपाध्यक्ष अषटलक्ष्मी शाक्यले वर्तमान गठन्धनप्रति कोही पनि बेखुसी नभएको बताइन् ।

यस्तै कोशी प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेलले पनि वर्तमान गठबन्धनप्रति सबै जनता खुसी भएको बताए । उनले खबरहबलाई भने, ‘कांग्रेस र माओवादी गठबन्धन बन्दा जनतामा चरम निराशा थियो। अहिले हाम्रो गठबन्धनमा त्यस्तै छैन।’

उनले एमालेले ०८४ सम्म यही गठबन्धनलाई निरन्तरता दिए देशले सुशासन र विकासमा गति लिने पनि बताएका छन् ।

रास्वपालाई समेटेकोमा नेताहरू खुसी
वर्तमान सत्ता गठबन्धनमा रास्वपालाई समेटेकोमा एमालेले खुसी व्यक्त गरेको छ ।

पार्टीका बागमती प्रदेश उपाध्यक्ष वासुदेव थापाले युवा पुस्ताको बाहुल्यता भएको रास्वपाको भिजन पनि गठबन्धनमा मिसिएकाले नयाँ राजनीतिक विकास क्रम देखिको बताए ।

‘नयाँ पार्टी र नयाँ भिजनका साथीहरू मिसिएर अहिलेको गठबन्धन बनेको छ । यो सुखद छ । हाम्रा युवा साथीहरू पनि सँगै छ’, उनले भने ।

यस्तै पार्टीका अर्का नेता श्रीप्रसाद जबेगुले पनि रास्वपालगायत नयाँ भिजन भएका दललाई समेटेर एमालेले गठबन्धन बनाएको भन्दै धन्यवाद दिए ।

‘गाउँघरमा त एमालेको प्रशंसा भइरहेको छ । हामीले सम्मानपूर्वक नयाँ दलाई पनि स्पेस दिएर समेटेका छौँ । यसको लागि पार्टी अध्यक्ष ओलीलाई सेवारो छ’, खुसी व्यक्त गर्दै उनले भने ।

महाधिवेशन प्रतिनिधि कोपिला ढकालले पनि साना र नयाँ शक्ति समेटेर सरकार बनाउने क्षमता एमालेमा रहेको बताइन् । उनले एमाले र माओवादी मिलेर वाम एकताको पनि सन्देश दिएको बताएकी छन् ।

युवा कार्यकर्ता सुजन श्रेष्ठले पनि एमाले नयाँ बाटो र भिजनमा हिँडेको भन्दै वर्तमान गठबन्धन अहिलेको राजनीतिक अवस्थाको सुन्दर उपहार भएको बताए ।

‘विचार र सिद्धन्त मिल्ने गठबन्धन बनेको छ । यसले आशाको किरण देखाएको छ । रास्वपालाई समेटेर झन् राम्रो भएको छ’, उनले भने ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : २३ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर