वर्तमान सत्ता गठबन्धनबारे के भन्छन् एमाले महाधिवेशन प्रतिनिधि ? « Khabarhub

वर्तमान सत्ता गठबन्धनबारे के भन्छन् एमाले महाधिवेशन प्रतिनिधि ?

रास्वपालाई सत्ता सहयात्री बनाएकामा कार्यकर्ता खुसी


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्कको प्रथम बैठकमा सहभागी नेता-कार्यकर्ताहरूले वर्तमान सत्ता गठबन्धनलाई प्राकृतिक र देशको आवश्यकताले बनेको प्रतिक्रिया दिएका छन् ।

ललितपुरको गोदाबारीस्थित सनराइज हलमा चलिरहेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनलाई प्राकृतिक भनेको हो।

पार्टी उपाध्यक्ष अषटलक्ष्मी शाक्यले वर्तमान गठन्धनप्रति कोही पनि बेखुसी नभएको बताइन् ।

यस्तै कोशी प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेलले पनि वर्तमान गठबन्धनप्रति सबै जनता खुसी भएको बताए । उनले खबरहबलाई भने, ‘कांग्रेस र माओवादी गठबन्धन बन्दा जनतामा चरम निराशा थियो। अहिले हाम्रो गठबन्धनमा त्यस्तै छैन।’

उनले एमालेले ०८४ सम्म यही गठबन्धनलाई निरन्तरता दिए देशले सुशासन र विकासमा गति लिने पनि बताएका छन् ।

रास्वपालाई समेटेकोमा नेताहरू खुसी
वर्तमान सत्ता गठबन्धनमा रास्वपालाई समेटेकोमा एमालेले खुसी व्यक्त गरेको छ ।

पार्टीका बागमती प्रदेश उपाध्यक्ष वासुदेव थापाले युवा पुस्ताको बाहुल्यता भएको रास्वपाको भिजन पनि गठबन्धनमा मिसिएकाले नयाँ राजनीतिक विकास क्रम देखिको बताए ।

‘नयाँ पार्टी र नयाँ भिजनका साथीहरू मिसिएर अहिलेको गठबन्धन बनेको छ । यो सुखद छ । हाम्रा युवा साथीहरू पनि सँगै छ’, उनले भने ।

यस्तै पार्टीका अर्का नेता श्रीप्रसाद जबेगुले पनि रास्वपालगायत नयाँ भिजन भएका दललाई समेटेर एमालेले गठबन्धन बनाएको भन्दै धन्यवाद दिए ।

‘गाउँघरमा त एमालेको प्रशंसा भइरहेको छ । हामीले सम्मानपूर्वक नयाँ दलाई पनि स्पेस दिएर समेटेका छौँ । यसको लागि पार्टी अध्यक्ष ओलीलाई सेवारो छ’, खुसी व्यक्त गर्दै उनले भने ।

महाधिवेशन प्रतिनिधि कोपिला ढकालले पनि साना र नयाँ शक्ति समेटेर सरकार बनाउने क्षमता एमालेमा रहेको बताइन् । उनले एमाले र माओवादी मिलेर वाम एकताको पनि सन्देश दिएको बताएकी छन् ।

युवा कार्यकर्ता सुजन श्रेष्ठले पनि एमाले नयाँ बाटो र भिजनमा हिँडेको भन्दै वर्तमान गठबन्धन अहिलेको राजनीतिक अवस्थाको सुन्दर उपहार भएको बताए ।

‘विचार र सिद्धन्त मिल्ने गठबन्धन बनेको छ । यसले आशाको किरण देखाएको छ । रास्वपालाई समेटेर झन् राम्रो भएको छ’, उनले भने ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : २३ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई