९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात, यी हुन निर्यात हुने मुख्य वस्तु « Khabarhub

९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात, यी हुन निर्यात हुने मुख्य वस्तु


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को ९ महिनामा नेपालबाट सबैभन्दा धेरै गलैँचा निर्यात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको ९ महिनामा सबैभन्दा धेरै अर्थात् ७ अर्ब १ करोड ७९ लाख ९४ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको हो ।

समीक्षा अवधिमा ६ अर्ब २ करोड ३१ लाख ४० हजारको अलैँची, ५ अर्ब ५४ करोड ३४ लाख १९ हजार बराबरको फलाम र २ अर्ब ९० करोड ६९ लाख २० हजार धागो नेपालबाट निर्यात भएको छ । यस्तै, रेजर वा ब्लेड १ अर्ब ५३ करोड २७ लाख ७३ लाख, ब्लीच ५ अर्ब ७ करोड २३ लाख, चिया २ अर्ब ३४ करोड ४ लाख, सल वा मर्फलर २ अर्ब २२ करोड ५७ लाख र कपडाको झोला १ अर्ब ८० करोड २५ लाखको बराबरको निर्यात भएको छ । 

जर्सी १ अर्ब ४१ करोड ७३ लाख, महिलाको ट्राउजर १ अर्ब २० करोड १७ लाख र महिलाको कपासको लुगा १ अर्ब १४ करोड १५ लाख बराबरको निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ९ महिना अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको ९ महिनाको तुलनामा ३.६६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ४२ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ