पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन : अध्यक्ष भट्टराई « Khabarhub

पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन : अध्यक्ष भट्टराई


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनले बताए ।

उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको जिकिर गरे ।

त्यस्तै उनले नयाँ भनिएका शक्तिहरूको उपयुक्तता नहुने भन्दै अब देशको विकासका आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

भट्टराईले आफूले पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको बताए । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ११ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा