एमाले प्रतिनिधि परिषद् बैठकमा नेताहरूको चहलपहल (तस्बिरहरू) « Khabarhub

एमाले प्रतिनिधि परिषद् बैठकमा नेताहरूको चहलपहल (तस्बिरहरू)


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक चलिरहेको छ  । 

शनिबारबाट सुरु भएको बैठक आज सकिने पार्टी उपाध्यक्ष ईश्वर  पोखरेलको भनाइ छ । बैठकमा देशभरबाट २४ सय जना राष्ट्रिय महाधिवेशन प्रतिनिधिको उपस्थित थिए । 

एमालेमा महाधिवेशन पछिको दोस्रो ठुलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ । एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै  साङ्गठनिक प्रतिवेदन महासचिव शंकर  पोखरेलकोले प्रस्तुत गरेका थिए । 

यस्तै, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत भएको थियो । सबै प्रतिवेदन ६  ग्रुपमा विभाजन गरी ३६ उपसमूह बनाएर छलफल गरेको थियो । 

छलफल बाट आएको निष्कर्ष समेटेर प्रतिवेदन पास गरिएको एमालेको भनाइ छ । शनिबारको बैठकमा ओली उपस्थित भएपनि आइतबार बिरामी भएर घरमै आराम गरिरहेका छन् । 

ओली अनुपस्थित भएपछि उपाध्यक्ष ईश्वर पोख्रेलले बैठकको अध्यक्षता गरेका थिए । अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने समस्या भएको छ ।

प्रतिनिधि परिषद् बैठकमा सुगर, प्रेसर तथा दाँतको पनि निःशुल्क परीक्षण भएको थियो । चस्मा १ हजार भन्दा बढीले स्वास्थ्य परीक्षण गरेको संयोजक डा। झलक सुवेदीले बताए । यस्तै, ५० जनाले दातको पनि परीक्षण गरेका छन् ।

 

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : १९ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज