इजरायलसँगको युद्धबीच हमास प्रमुखले भेटे टर्किस राष्ट्रपतिलाई « Khabarhub

इजरायलसँगको युद्धबीच हमास प्रमुखले भेटे टर्किस राष्ट्रपतिलाई


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

अंकारा- गाजामा इजरालयको आक्रमण जारी रहेका बेला विद्रोही समूह हमासका प्रमुखले टर्कीका राष्ट्रपतिसँग वार्ता गरेका छन्।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उक्त भेटका क्रममा प्यालेस्टाइनका नागरिकलाई एकताबद्ध हुन अपिल गरेका छन्।

राजधानी इस्तान्बुलमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियासँग टर्किस राष्ट्रपतिले कयौँ घण्टा कुरा गरेका हुन्।

इजरायली विदेशमन्त्री इसराइल कात्जले यस भेटवार्ताको निन्दा गरेका छन्। उनले यस भेटलाई लिएर कडा र तिखो प्रतिक्रिया पनि दिए।

इजरायली विदेशमन्त्रीले एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्दोआनलाई लाज हुनुपर्ने टिप्पणी गरेका छन्।

लामो समयदेखि हमास र इस्माइल हानियासँग टर्की सरकारको सम्बन्ध राम्रो रहेको छ।

दुई दिनअघी हमास र र इजरायलबीच वार्ता गरिरहेको कतारले पनि यसबारे आफ्नो भूमिकालाई लिएर विचार गरिरहेको जनाएको छ।

इस्माइल हानिया टर्की जानुलाई अर्दोआन युद्धबीच मध्यस्थाका लागि अग्रसर भएको अनुमान गरिएको थियो।

शनिबार अर्दोआनको कार्यालयले इस्माइल हानिया र राष्ट्रपतिबीच भएको भेटघाटका क्रममा कयौँ घण्टासम्म कुराकानी भएको जनाएको थियो। अर्दोआनले उक्त भेटमा अवस्था जटिल भएकाले प्यालेस्टाइनबासीहरू एकजुट हुन अतिआवश्यक रहेको जनाएका थिए।

राष्ट्रपति कार्यालयको तर्फबाट जारी विज्ञप्तिमा बोस्फोरसको खाडीनजिकै दोलाम्बाचे प्यालेसमा दुई नेताबीच अढाई घण्टा लामो वार्ता भएको उल्लेख छ।

त्यसपछिको विज्ञप्तिमा इजराललाई जवाफ र जीतका लागि प्यालेस्टाइनबासीबीच एकता र अखण्डता देखिनु आवश्यक रहेको अर्दोआनको कार्यालयले जनाएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ३९ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका