टिकटक नबेचे प्रतिबन्ध लगाउने गरी अमेरिकी संसदले पारित गर्‍यो विधेयक « Khabarhub

टिकटक नबेचे प्रतिबन्ध लगाउने गरी अमेरिकी संसदले पारित गर्‍यो विधेयक


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ।अमेरिकी संसदले एउटा नयाँ कानुन पारित गरेको छ । उक्त कानुन अनुसार चिनियाँ कम्पनी बाइटडान्सले आफ्नो लोकप्रिय एप टिकटकलाई अमेरिकामा बिक्री गर्नुपर्नेछ । त्यसो नभए टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने छ ।

अमेरिकी संसदले विधेयकमा मतदान गर्दै टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई कडा छनोटको विकल्प दिएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनियाँ मालिकले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।

टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरूका अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।

सो विधेयक ३२५–६५ मतसहित पारित भएको हो । १५० मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेको लोकप्रिय एप टिकटक चिनियाँ प्रविधि फर्म ‘बाइट डान्स लिमिटेड’को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।

प्रतिबन्धको पक्षमा रहेको अमेरिकन सांसदहरूले बाइट डान्स चिनियाँ सरकारको नजरमा रहेको दाबी गरिरहेको छन्, जसले अमेरिकामा टिकटकका उपभोक्ताहरूको डाटामा पहुँचमा पुग्ने र त्यसले सुरक्षा खतरा बढाउनेछ । उनीहरूका अनुसार चिनियाँ राष्ट्रिय सुरक्षा कानूनको सेटबाट उत्पन्न हुन्छ, जसले संगठनहरूलाई गुप्तचर भेलामा सहयोग गर्ने उनीहरूको भनाइ रहेको छ ।

‘हामीले टिकटकलाई स्पष्ट छनोट दिएका छौं,’ सांसद क्याथी म्याकमोरिस रोजर्सले भने, ‘अब टिकटक मूल कम्पनी बाइट डान्सबाट अलग हुन जरूरी छ, जुन चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)ले हेर्ने काम गर्छ । अब अमेरिकामा टिकटक चलाउने कि सीसीपीको साथमा नै रहने ? त्यो विकल्प अब टिकटकले रोज्नु पर्नेछ ।’

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ११ : १३ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको