संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल « Khabarhub

संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदमा भइरहेकका गतिविधि राजनीतिक हिसावमा सुखद नरहेको बताएका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको गतिरोध संवाद र समझदारीका साथ समाधान गर्नुपर्ने बताए ।

उनले संसदमा भइरहेको गतिविधी देश र राजनितिका लागि फाइदाजनक नरहेको समेत बताए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपि शर्मा ओलीतर्फ संकेत गर्दै केही नेताले जथाभावी बोलेकै कारण देश आज यो अवस्थामा आइपुगेको बताए । उनले आफूले बोलेर नभइ काम गरेर जाने सोच बनाएको स्पष्ट पारे ।

उनले देशमा भइरहेको राजतिनिक दलको फुट गलत रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको सहकार्य जारी रहने बताए ।

मधेश प्रदेशमा एमाले र माओवादीलाई नसघाए एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा रहेको प्रदेश सरकार ढल्ने जोखिम छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएको एमाले र माओवादी सरकारमा गएका छैनन् ।

अध्यक्ष नेपालले संघीय सरकारमा फरक दल र मधेश प्रदेशमा फरक दलको सरकार रहेकाले अब परिस्थितिअनुसार अघि बढ्ने बताए ।

उनले आफूहरु संघीय सरकारमा र मधेश प्रदेश सरकारमा समेत सहभागी रहेकाले नयाँ कोर्ष अनुसार अघि बढ्ने बताएका हुन् ।

संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतदिएको बताउँदै अध्यक्ष नेपालले मधेश प्रदेश सरकारको नेतृत्वमा जसपा नेपाल रहे पनि आफूहरुमाथि ‘मोरल’ प्रश्न उठेको बताए ।

उनले मधेश प्रदेश सरकारको सवालमा आफूहरुमाथि नैतिकताको प्रश्न खडा भएको स्पष्ट पार्दै केन्द्रमा नेकपा माओवादी केन्द नेतृत्वको सरकार रहेको बेला जसपा नेपाल नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई समर्थन गरेमा नैतिकताको प्रश्न उठ्ने भएकाले नयाँ ढंगले अघि बढ्न खोजेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरिसके पछि मधेश प्रदेशको सरकारमा पनि उथलपुथल हुने भएकाले अब के गर्ने भन्ने बारेमा छलफल गर्ने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ११ : ५५ बजे

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको