आगामी बजेटमा हस्तकला क्षेत्रको माग - भ्याट छुट, सहुलियत कार्यक्रम लागू (भिडियो) | Khabarhub Khabarhub

आगामी बजेटमा हस्तकला क्षेत्रको माग – भ्याट छुट, सहुलियत कार्यक्रम लागू (भिडियो)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको वैदेशिक व्यापारमा महत्वपूर्ण स्थान ओगट्दै आएको हस्तकला व्यवसाय कोभिडपछि भने केही खस्किएको छ ।

हस्तकला उद्यमीहरूको छाता संगठन हस्तकला उद्योग महासंघका अध्यक्ष प्रचण्ड शाक्यले खबरहबसँग कुरा गर्दै सो क्षेत्रको व्यवसाय कोभिड महामारी अवधिको तुलनामा २० प्रतिशतले खुम्चिएको बताए ।

तर, हस्तकला सम्बन्धित केही वस्तुहरूको भने अन्तर्राष्ट्रिय बजारमा माग बढेको उनको भनाइ छ । जसमध्ये एउटा – मोतीकलाको निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा नेपाललाई परिचित गराउने एउटा महत्वपूर्ण क्षेत्रका रूपमा हस्तकलालाई लिने गरिएको छ । नेपालको अर्थतन्त्रमा योगदान गरेको र विश्वमा नेपालको पहिचान निरन्तर विस्तार गर्ने विषयमा महत्वपूर्ण भूमिका खेलेको यो क्षेत्रलाई सरकारले भने उचित ध्यान नदिएको सो क्षेत्रका उद्यमीहरूको गुनासो छ ।

हस्तकला महासंघको पहलपश्चात अहिले बागमती प्रदेशमा हस्तकला ग्रामको स्थापना भएको छ । महासंघका अध्यक्ष शाक्यले सरकारले आगामी आर्थिक वर्षको ल्याएको नीति तथा कार्यक्रमले सो क्षेत्रलाई राम्रोसँग सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

युवाहरूलाई रोजगारीतर्फ प्रोत्साहन गर्ने र स्टार्टअपहरूलाई सहुलियत ऋण दिने कार्यक्रमले हस्तकला क्षेत्रलाई पनि फाइदा पुर्‍याउने अध्यक्ष शाक्यको बुझाइ छ । सो कार्यक्रमको माध्यमबाट हस्तकला क्षेत्रमा युवाहरू थपिने सम्भावना रहेको उनी बताउँछन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमा हस्तकला क्षेत्रमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट)मा विशेष छुटको व्यवस्था हुनुपर्ने माग आफूहरूको रहेको अध्यक्ष शाक्यले बताएका छन् । हस्तकलाका उद्यमीहरू पलायन भइरहेको अवस्थामा सरकारले करमा सहुलियत दिने व्यवस्था ल्याएमा सहज हुने उनको भनाइ छ ।

हस्तकला उद्यमलाई पुस्तान्तर गर्ने विषय महत्वपूर्ण एवम्‌ चुनौतीपूर्ण रहेको सो क्षेत्रका उद्यमीहरूले बताउँदै आएका छन् । त्यसैले सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटले सो विषयलाई सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।

अध्यक्ष शाक्यले अहिले नेपालमा बेरोजगारी दर बढ्दै गएकोले हस्तकलाको क्षेत्रमा नयाँ उद्योग खोल्ने विषयलाई सरकारले प्रोत्साहन दिनेगरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका छन् । जसले गर्दा रोजगारी बढ्नुको साथै अर्थतन्त्र चलायमान बनाउन समेत त्यसले भूमिका खेल्ने उनको तर्क छ ।

भिडियो :

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

आगामी बजेटमा शेयर लगानीकर्ताका माग – विदेशी भित्र्याउने, नाफा लैजान दिने ! (भिडियो)

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

बजेटमा सहकारी क्षेत्रको माग – राज्यले सहुलियतपूर्ण कर्जा दिनुपर्ने, मर्जरमा लैजानुपर्ने (भिडियो)

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : १२ बजे

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा